• २०८१ बैशाख ११ मंगलबार

व्यापारी सुधिर बस्नेत अदालतले तोकेको जरिवाना तिरेर रिहा 

kharibot

काठमाडौं । सर्वसाधारणको १० अर्बभन्दा बढी ठगी गरेको अभियोगमा जेल परेका व्यापारी सुधीर बस्नेत रिहा भएका छन् ।  

२०७३ पुसको दोस्रो साता पक्राउ परेका बस्नेत डिल्ली बजार सदरखोरबाट सोमबार नै रिहा भएका हुन् । 

सहकारीको निक्षेप ठगी आरोप काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल सजाय सुनाएको थियो । 

जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना र सोहि प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो । 
यस्तै भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र ८४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

सर्वसाधारणको  १० अर्ब बढी ठगेका बस्नेतले जेल सजाय काटेपछि अदालतले तोकेको जरिवाना तिरेसँगै रिहा भएका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै