• २०८१ बैशाख ४ मंगलबार

बाजुरा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प

kharibot

काठमाडौँ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । 

भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा महसुश गरिएको छ । केन्द्रका अनुसार भूकम्प मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा गएको थियो ।

भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो । भूकम्पबाट भएको कुनै क्षतिको विवरण भने आएको छैन ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै