• २०८१ बैशाख ७ शुक्रबार

फिलिपिन्सका राष्ट्रपतिले लाइभ कार्यक्रममा युवतीलाई ‘किस’ गरेपछि...(भिडियो सहित)

kharibot

काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रीगो डुटार्टे लाइभ कार्यक्रममा एक युवतीलाई ‘किस’ गरेपछि विवादमा आएका छन् ।

हाल दक्षिण कोरियाको भ्रमणमा रहेका रोड्रीगोले फिलिपिन्सबाट कोरिया गएर बसेका कामदारलाई सम्बोधित गर्दै गर्दा सो घटना भएको हो ।

सम्बोधनका क्रममा राष्ट्रपतिले एक प्रति पुस्तक दिन दुई महिलालाई स्टेजमा बोलाएका थिए । सो क्रममा एक महिलालाई किस गर्न अनुरोध गर्दै ओठमा किस गरेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

राष्ट्रपति रोड्रीगोलाई महिलाहरुलाई अपमान गरेको आरोप लागि रहेका बेला यो घटनाको फेरी महिला अधिकारकर्मीहरुले विरोध गरेका छन् । पटक पटक महिला विरोधी बयान दिएपनि विदेशमा काम गर्ने फिलिपिनी महिला मजदुरहरुबीच भने राष्ट्रपति लोकप्रिय रहेका छन् । उनीहरुले देशको छबी राम्रो बनाएको भन्दै रोड्रीगोको प्रसंशा गर्ने गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै