• २०८१ बैशाख ६ बिहीबार

तीन प्रज्ञा प्रतिष्ठानलाई स्वायत्त नै राख्नुपर्नेमा जोड

kharibot

काठमाडौँ । देशमा भाषा तथा साहित्य, कला र नाटक तथा संगीत विधाको विकासका लागि तीन प्रतिष्ठानलाई स्वायत्त नै राख्नुपर्नेमा जोड दिइएको छ । 

नेपाल लतिलकला पत्रकार समाजले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले फरकफरक विधाको सूक्ष्मरुपमा अध्ययन तथा अनुसन्धानका लागि ती संस्थालाई एकीकरण गर्न नहुने सुझाएका हुन् । 

सरकारले बजेट सार्वजनिक गर्दा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानलाई एकीकरण गरी खर्च मितव्ययी गर्ने जनाएको थियो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले ती संस्थाको स्वायत्तताका लागि तीनवटै प्रतिष्ठानका पदाधिकारीकाबीच सहमति रहेको बताउँदै आफूहरुले सामूहिकरुपमा प्रधानमन्त्रीलाई भेटेर त्यसको महत्वका विषयमा चाँडो जानकारी गराउने बताए  । 

जनसांस्कृतिक महासंघका अध्यक्षद्वय खगेन्द्र राई र सरल सहयात्रीले ती संगठनको आफ्नै विशेषता रहेको भए पनि देशभर सशक्त तथा प्रभावकारीरुपमा कार्य गर्न नसकेकाले सरकारले गरेको एकीकरणको निर्णयलाई सकारात्मकरुपमा लिनुपर्नेमा जोड दिए । 

वरिष्ठ कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापालगायतले कार्यक्रम र उद्देश्य नै एकापसमा फरक रहेको हुँदा संस्थालाई सैद्धान्तिक र व्यावहारिकरुपमा अलग राखेर सशक्त बनाउनुपर्ने बताउँदै त्यसका लागि सरोकारी पक्षकाबीच एकताको खाँचो रहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै