• २०८१ बैशाख ८ शनिबार

प्रतिष्ठानको लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघ अध्यक्षमा चौरसिया निर्वाचित 

kharibot

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघको पाँचौँ अधिवेशनबाट अध्यक्षमा अशोक कुमार चौरसिया निर्वाचित भएका छन् । सोमबार भएको पाँचौँ अधिवेशनबाट दुई वर्षका लागि अध्यक्षमा निर्वाचित चौरसिया सर्वसम्मत रुपमा नेतृत्वमा निर्वाचित भएका हुन् । 

सो निर्वाचनमा संघको वरिष्ठ उपाध्यक्षमा सुधीर ढुंगेल, उपाध्यक्षमा उदयदेव घिमिरे, महासचिवमा होमराज ढुंगेल, सचिवमा रामकृष्ण महर्जन, कोषाध्यक्षमा दुर्गादेवी शर्मा, सदस्यमा सानु पुजारी र अमृता तिवारी पनि सर्वसम्मत चयन भएका छन् ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको महाधिवेशन उद्घाटनमा विशिष्ट अतिथि गुरुराज घिमिरे, प्रमुख अतिथि खिला दाहाल सरिक थिए भने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले समेत शुभकामना मन्तव्य दिएका थिए ।

यसअघि संघको अध्यक्षमा बुद्धि तिमल्सिना रहेका थिए । उनको कार्यकाल सकिएसँगै पाँचौँ महाधिवेशन सम्पन्न भएको हो । यो महाधिवेशनले चौरसियाको अध्यक्षतामा आठ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

दुई सदस्य अध्यक्ष चौरसियाले मनोनयन गर्नेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै