• २०८१ बैशाख ८ शनिबार

लर्डबुद्ध एजुकेशनले सातै प्रदेशका ४९ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने

kharibot

काठमाडौँ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले सहकार्यमा सूचना प्रविधिको अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

सूचना प्रविधिका विषयमा अध्यापन गर्दै आएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहकार्यमा ‘नेशनल आइसिटी स्कलरसिप २०७५’ अन्तर्गत ४९ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न लागिएको छ । 

सातै प्रदेशबाट कम्तीमा एक छात्रालाई अनिवार्य प्रदान गर्ने गरी क्यान र फाउण्डेशनका बीच सोमबार सहमतिपत्र आदानप्रदान भएको छ । सो सहमतिपत्रमा क्यानका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र फाउण्डेशनका अध्यक्ष पंकज जलानबीच हस्ताक्षर भएको छ । 

सो छात्रवृत्तिको रकम रु एक करोड ८३ लाख ३६ हजार छ । छात्रवृत्ति प्राप्त गरीब, विपन्न तथा मेधावी छात्रछात्राले मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनअन्तर्गतको बुद्ध एजुकेशन फाउण्डेशनमा स्नातक तह अध्ययन गर्न पाउनेछन् । 

मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रशित अंकसहित दश जोड दुई अध्ययन पूरा गरेका वा कक्षा १० मा गणित विषय लिई सिटिइभिटीबाट कम्प्युटर इञ्जिनीयरिङमा डिप्लोमा गरेकाले छात्रवृत्तिका लागि निवेदन दिन सकिने फाउण्डेशनका अध्यक्ष जलानले जानकारी दिए । छात्रवृत्ति प्रदान गर्न क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रमा छात्रवृत्ति समिति छनोट गर्ने जनाएको छ । 

सो छनोट समितिले कक्षा १० र कक्षा १२ का प्राप्ताङ्क, स्थायी बसोबास, आर्थिक अवस्था र स्थानीय तहको सिफारिशको आधार लिने जनाइएको छ ।

छात्रवृत्तिका लागि आवेदन दिन लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको वेभसाइट www.lbef.org मा गएर आवेदन दिन सकिने व्यवस्था मिलाइएको फाउन्डेसनका अधय्क्ष जलानले जानकारी दिए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै