• २०८१ बैशाख ७ शुक्रबार

खिचेको तस्बिरमा छोरासँगै 'भूत' देखिएपछि यी महिलालाई निद्रै आउन छोड्यो !

kharibot

युरोप । दुई बच्चाकी एक आमाको निद्रा एउटा फोटोले उडाइदिएको छ । घुम्न गएको बेला खिचेको छोराको तस्बिरमा छोरासँगै भूत देखापरेपछि उनले सुत्न नसकेकी हुन् । 

एउटा रुखमा खेलिरहेको छोराको तस्बिर खिच्दा यस्तो अनौठो घटना भएको हो । लाउरा वाट्सन नाम गरेकी ती महिलाको छोराको काँधमा एउटा बच्चा जस्तै अनुहार पनि देखिन्छ । 

उनीहरु पारिवारिक वनभोजमा रमाइरहेका थिए । प्लेसी वुड्स पार्कमा लाउराले छोरा बाइरिन वाट्सन र छोरी चार्लोटी हिलको रुख चढिरहेकोे तस्बिर खिचेकी थिइन् । तर तस्बिरमा अनौठो कुरा भेटिएपछि मेडिकल रिसेप्सनिष्ट रहेकी उनको होस हवासै गुमेको बताइएको छ । 

  • तस्बिर : Kennedy News and Media/Mirror UK

भूतबारे विश्वासै नगर्ने लाउरालाई उक्त तस्बिरपछि चकित पारिदिएको छ । उनले उक्त भूत आफ्नो छोराको पछिपछि घरमा नआइदेओस् भन्ने चाहेकी छिन् । 

घरमा राति एक्लै पर्दा उनलाई डरसमेत लाग्नथालेको छ । सोही तस्बिरका कारण उनी राम्ररी निदाउन समेत नसक्ने भएको बताइएको छ । 

आफूले तस्बिर जुम गर्दा यस्तो देखिएको उनको भनाइ छ । कसैकसैले फोटोशपबाट तस्बिर सम्पादन गरेको आरोप लगाएको समेत उनले बताइन् । तर आफूले त्यसो नगरेको उनको दाबी छ । 

तर कतिपयले भने उक्त तस्बिर हेरेपछि उक्त रुखमा वर्षौँदेखि कुनै बालकको आत्मा रहेको हुनसक्ने आँकलन समेत गर्न भ्याएका छन् ।  

मिरर युकेबाट अनुदित । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै