• २०८१ बैशाख ४ मंगलबार

रसिया विश्वकपका उत्कृष्ट ५ गोलकिपर, जसले जित्न सक्छन् गोल्डेन ग्लोभ 

kharibot

काठमाडौँ । रसिया विश्वकप आउन अब १० दिन मात्र बाँकी छ । सहभागी टिमहरु अहिले विश्वकपको तयारीमा व्यस्त रहेका छन् ।

फुटबलमा जति स्ट्राइकर, डिफेन्डर, मिडफिल्डरको भूमिका हुन्छ त्यति नै गोलकिपरको पनि भूमिका हुन्छ । ठुला खेलहरुमा त कति खेल गोल किपरले जिताएको हामिले देखेका छौ । यसैबीच हामीले यस विश्वकपमा भाग उत्कृष्ट ५ गोल किपरको चर्चा गर्दै छौ ।

यस सुचिमा पाचौ नम्बरमा जर्मनीका म्यान्युअल नेअर रहेका छन् । गत सेम्टेम्बरदेखि खुट्टा भाँचिएका कारण मैदान बाहिर रहेका नेअर विश्वकपको मुखैमा टिममा फर्किएका छन् । उनले जर्मनीका लागि विश्वकप अघिको अस्ट्रियासँगको खेल खेलेका थिए । सो खेलमा पराजित भएपनि विश्वकै उत्कृष्ट गोलकिपर नेअर इन्जुरीबाट ठिक भएर आउनु जर्मनी र जर्मनीका फ्यानआ लागि खुशीको खबर बनेको छ ।

नेअर २०१४ को विश्वकपका उत्कृष्ट गोल किपर हुन्, उनले सो विश्वकपमा गोल्डेन ग्लोभ जितेका थिए । ३२ बर्षिय नेअर जर्मनीका लागि ७५ खेल खेलिसकेका छन् भने व्यावसायिक फुटबल जर्मनीको क्लब बायर्न म्युनिखबाट खेल्ने गर्दछन् ।

यस सूचिको चौथो स्थानमा ब्राजिलका गोलकिपर एलिसन बेकर रहेका छन् । अहिले ब्राजिलको पहिलो रोजाईका गोल किपर रहेका बेकर एसी मिलानबाट खेल्ने गर्दछन् । बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिगको खेलमा रोमाको जितमा बेकरको भूमिकालाई पनि निकै प्रसंसा गरिएको थियो । २५ बर्षिय बेकरले यस सिजनमा रोमाका लागि ४९ खेलमा २२ गोल बचाएका थिए । बेकरले ब्राजिलका लागि अहिलेसम्म २४ खेल खेलेका छन् ।

यस सुचीको तेस्रो स्थानमा मार्क टेर स्टेगन रहेका छन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने जर्मनीका गोलकिपर स्टेगन जर्मनीका नेअर घाइते भएपछि उनको ठाउ लिएका छन् । यस विश्वकपमा उनि जर्मनीको पहिलो रोजाईमा पर्ने सम्भावना देखिएको छ । यस सिजनमा बार्सिलोनाका लागि गरेको उत्कृष्ट प्रदर्शनको आधारमा उनि पहिलो रोजाईमा पर्ने देखिएको छ । 

बार्सिलोनाले यस सिजनमा केबल ३९ गोल मात्रै खाएको छ जसमा स्टेगनको ठुलो भूमिका थियो । उनले यस सिजनमा ४८ खेलमा २४ गोल बचाएका थिए ।

यस सुचिमा दोस्रो स्थानमा बेल्जियमका गोल किपर थिबाउट कर्टियस रहेका छन् । चेल्सीका नम्बर एक गोल किपर थिबाउटले प्रिमियर लिगमा गत सिजन गोल्डेन ग्लोभ जितेका थिए । उनि बेल्जियमको नम्बर एक गोल किपर पनि हुन् । उनि विश्वकप पछि रियल म्याड्रिड जानसक्ने रिपोर्ट पनि आइरहेको छ । उनि पछिल्ला केहि बर्षहरुमा प्रिमियर लिगका उत्कृष्ट गोल किपर मध्ये एक हुन् । उनले बेल्जियमका लागि अहिलेसम्म ५४ खेल खेलिसकेका छन् ।  

यस सुचीको पहिलो स्थानमा स्पेनका डेभिड डि गा रहेका छन् । म्यानचेस्टर युनाइटेड बाट खेल्ने डि गा अहिलेका विश्वकै उत्कृष्ट गोल किपर हुन् ।  युनाइटेडका लागि यस सिजनमा ३७ खेलमा १८ गोल बचाएका डि गाले यस सिजनमा प्रिमियरलिगको गोल्डेन ग्लोभ जितेका छन् । 

२७ बर्षिय डि गा स्पेनको राष्ट्रिय टिमका लागि पहिलो रोजाईका गोल किपर हुन् । डि गाले स्पेनका लागि अहिलेसम्म २८ खेल खेलेका छन् ।   
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै