• २०८१ बैशाख १२ बुधबार

साताको सेयर : चार दिनमा तीन अर्ब ५६ करोड एक लाख रुपैयाँको कारेबार

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३९ हजार ९१ कारोबारबाट तीन अर्ब ५६ करोड एक लाख २३ हजार रुपैयाँ बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

साताका सेयर सूचकहरू

कारोबार रकम सात प्रतिशत बढ्यो
कारोबार रकम गत साताको भन्दा सात दशमलव चार प्रतिशत बढी हो । गत साता एक सय ७५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४० हजार एक सय ८३ कारोबारबाट तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार रुपैयाँबराबरका एक अर्ब ४८ लाख ३० हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२ दशमलव २९ अंकले घटेर अन्तिम दिन १५ सय ८० दशमलव तीन अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा नौ दशमलव ४२ अंकले घटेर तीन सय ३१ दशमलव ३२ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम १८ करोड ४२ लाख ७० हजार रुपैयाँको आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या तीन लाख २६ हजार कित्ताको आधारमा एनआसी एसिया बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या सात हजार आठ सय ७८ वटाको आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेको छ

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  

कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु
कम्पनीको नाम कारोबार रकम  (रु. दश लाखमा)
छिमेक लघुवित्त विकास बैंक लिमिटेड १८४.२७
एनआईसी एसिया बैंक लिमिटेड १४७.६६
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १४१.८१
नविल बैंक लिमिटेड १३५.४१
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १०५.९४

   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै