• २०८१ बैशाख १४ शुक्रबार

माधुरीको आपत्तिपछि फिल्म ‘संजु’ बाट संजय र माधुरीको प्रेम प्रसंग हटाइयो 

kharibot

मुम्बई । संजय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जू’ बाट उनको जीवनमा जोडिएका कैयौ कुराहरु खुलिरहेका छन् । 

फिल्म रिलिजको दिन नजिकिदै गर्दा संजय दत्त र माधुरी दिक्षितको सम्बन्धको चर्चा पनि अहिले भैरहेको छ ।

फिल्ममा माधुरी दिक्षित र संजय दत्तको सम्बन्धलाई कसरी देखाइन्छ भन्ने कौतिहलता भएपनि अब संजुमा संजय दत्त र माधुरीको सम्बन्धको चर्चा नहुने भएको छ ।  

९० को दशकमा संजय दत्त र माधुरी दीक्षितको अफयेर्सको निकै चर्चामा थियो । प्राप्त मिडिया रिपोर्ट अनुसार माधुरीले फिल्ममा आफु र संजय दत्तको चर्चा भएको थाहा पाएर निर्देशक राजकुमार हिरानीसँग त्यो सिन हटाएको बताइएको छ ।

फिल्मको सुटिंग अघिनै माधुरीले निर्देशक हिरानीलाई आफुसँग सम्बन्धित सिन फिल्ममा नाराकहं अनुरोध गरेकी थिइन् तर हिरानीले माधुरीको प्रसंगको एक सिन थियो, जसमा संजय अरेस्ट भएपछि एक एक्ट्रेसलाई फोन गर्दछन् तर कल एक्ट्रेसकी आमाले उठाउँछिन् । उनी भन्छिन् कि उनी अब उनीसँग कुनै सम्बन्ध राख्न चाहँदिनन् । 

माधुरीले सो विषय थाहा पाएपछि हिरानीसँग फेरी कुरा गर्दै सो सीन हटाउन लगाएकी छिन् । त्यसैले फिल्म संजुमा संजय र माधुरीको सम्बन्धको चर्चा नहुने भएको छ ।

संजय जब १९९३ मा गिरफ्तार भएका थिए, तब पुलिस अफिसरले उनलाई कल गर्नका लागि अनुमती दिएका थिए । संजयले उक्त कल माधुरीलाई गरेका थिए तर त्यसबेला माधुरीले उनीसँग सम्बन्ध तोडिसकेकी थिइन् ।    

फिल्म रणवीर कपूरसँगै यस फिल्ममा सोनम कपूर, अनुष्का शर्मा, दिया मिर्जा, परेश रावल, मनिष कोइराला, विक्की कौशल, जिम सरभ प्रमुख भूमिकामा रहेका छन् । फिल्म ‘सञ्जू’ आगामी जुन २९ मा रिलिज हुँदैछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै