• २०८१ बैशाख १२ बुधबार

छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिए 

kharibot

काठमाडौँ । दिपकराज गिरी र दीपाश्री निरौला फिल्म छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिएका छन् । 

हाल छायांकन भइरहेको बिग ब्यानरमा निर्मित फिल्म ‘छक्का पञ्जा ३’ बाट उनले हात झिकेका हुन् । 

फिल्मको शुभमुहूर्तको अघिल्लो दिनमात्र यो फिल्ममा खेल्ने निधो गरेका पुष्पले आफ्नो भुमिका सानो भएका कारण फिल्म छोडेको बुझिएको छ । 

पुष्पले भूमिका राम्रोसँग नबुझाइएको, स्क्रिप्ट नदिएको र १० सिन भनिएको ठाउँमा अन्तिममा आएर ५ सिन मात्र रहेको जानकारी पाएपछि फिल्म छाडेको विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा उनले बताएका छन् । 

त्यस्तै ‘छक्का पञ्जा ३’ का निर्माता तथा कलाकार दीपकराज गिरीले पुष्पले फिल्मबाट हात झिकेको पुष्टि गर्दै पुष्पलाई फिल्ममा गेस्ट रोलका लागि भनेर अनुबन्ध गरेको र गेस्ट एक्टरलाई पूरा स्क्रिप्ट नदिने बताउदै पुष्पको ठाउँमा अभिनेता संजोग कोइरालालाई भित्राएको जानकारी दिएका छन् । 

दीपाश्री निरौलाले निर्देशन गरिरहेको यो फिल्ममा दीपकराजसँगै दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै