• २०८१ बैशाख ७ शुक्रबार

यसरी भासियो मुग्लिन-नारायणघाट सडक, हाल एकतर्फी संचालनमा (फोटो फिचर)

kharibot

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड विहिबार बिहान भासिए पछि हाल एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । 

बिहीबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि अपराह्न ४ बजेदेखि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिएका छन्  । 

पहिरोका कारण चार किलोमा ५० मिटर सडक बगेपछि भित्तापट्टी ढलको क्षेत्रलाई सम्माई दुईतर्फी सडक सञ्चालनमा ल्याइएको उनले बताए । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमा सडक बगाएको हो । 

सो सडकको पाँच ठाउँमा पहिरो खसेको थियो । जलवीरेमा दुई, कालिखोला, चारकिलो र पाँच किलोमा एक÷एक स्थानमा पहिरो खसेको थियो । साउन अन्तिम साताबाट पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिदै आएको छ । 

जसका कारण बुधबार साँझबाट सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागे पनि सडक जाम भने घटेको छैन । 

तस्बिर : नारायणघाट-मुग्लिन सडक आयोजना 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै