• २०८१ बैशाख ७ शुक्रबार

अरबाज खानले आइपिएलमा सट्टा लगाएको स्वीकारे, सट्टामा २.७५ करोड हारेको खुलासा 

kharibot

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानले प्रहरीसमक्ष आफुले आइपिएलमा सट्टा लगाउने गरेको बयान दिएका छन् ।

प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा लगाउने ठुलो गिरोहलाई पक्राउ गरेपछि अभिनेता तथा निर्देशक निर्मातासमेत रहेका अरबाजको सम्बन्ध उनीहरुसँग देखिएपछि बयानका लागि बोलाएको थियो ।

शनिबार प्रहरीलाई बयान दिदै आफुले गत बर्षको आइपिएलमा सट्टा लगाउदा २.७५ करोड हारेको बताएको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । बयानका क्रममा अरबाजले यस सिजनमा भने आफुले कुनै सट्टा नलगाएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । 

बयानपछि मिडियासँग कुरा गर्दै अरबाज खानले आफुले प्रहरीले जान्न खोजेको कुरा बताएको भन्दै प्रहरीको अनुसन्धानमा आफुले पुरा सहयोग गर्ने बताए ।

प्रहरीले सट्टा लगाउने समुहको प्रमुख सोनु जलानलाई पक्राउ गरेपछि अरबाज खानको नाम अगाडी आएको थियो ।

प्रहरीले उनलाई प्रहरी समक्ष आउन शुक्रबार पत्र काटेपछि शनिबार प्रहरीसँग बयान दिएका हुन् । 

पक्राउ परेका सट्टाबाज सोनुसँग क्रिकेटका खेल फिक्स गर्ने गरेको रेकर्ड भेटिएको भन्दै क्रिकेटका विभिन्न खेलमा सट्टा लगाउने बलिवुडका अन्य सेलिब्रेटीको पनि सुची हात पारेको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै