• २०८१ बैशाख ४ मंगलबार

यी ४ स्टार फुटबल खेलाडी जो पहिलो पटक विश्वकप खेल्दैछन्

kharibot

काठमाडौँ । विश्वकप आउन अब दुई साता भन्दा कम समय रहेको छ । जुन १४ देखि सुरु हुने विश्वकप फुटबलको तयारीमा सहभागी सबै देश लागिरहेका छन् । यस्तैमा विश्व फुटबलका केहि चर्चित खेलाडीहरु यस विश्वकपबाट डेभ्यु गर्दै छन् । पछिल्लो लामो समयदेखि राष्ट्रिय टिममा रहेपनि इन्जुरीको कारणले या अन्य कारणले टिममा नपरेका खेलाडीयस पटक आफ्नो देशको प्रतिनिधित्व गर्दै विश्वकपमा पहिलो पटक खेल्दै छन् ।

यस सुचिमा रहेका छन्, चेल्सीबाट व्यावसायिक फुटबल खेल्ने फ्रान्सका डिफेन्सिभ फिल्डर एनगोलो कान्टे । २०१५-१६ मा लेस्टर सिटीले प्रिमियर लिग जित्दाका महत्वपूर्ण सदस्य एनगोलो त्यसको अर्को सिजनमा चेल्सीमा आएका थिए ।

चेल्सीमा आएर त्यति राम्रो प्रदर्शन नगरेपनि उनी अहिले चेल्सीका महत्वपूर्ण खेलाडीको रुपमा अगाडी आएका छन् । उनि यस बर्षका चेल्सीका उत्कृष्ट खेलाडी हुन् । सन २०१६ को मार्चमा राष्ट्रिय टिममा डेभ्यु गरेका एनगोलोले त्यसपछि राष्ट्रिय टिममा लगातार ठाउ बनाउदै आएका छन् । २०१६ को पोर्चुगलसँगको युरो कप फाइनलमा नखेलेका एनगोलोले अहिले फ्रान्स टिममा डिफेन्सिभ मिडफिल्डको भूमीकामा आफुलाई अब्बल साबित गरेका छन् ।

फ्रान्सकाल आगी हालसम्म २२ खेल खेलेका एनगोलोले एक गोल पनि गरेका छन् ।  फ्रान्सको टिमबाट पहिलो विश्वकप खेल्न लागेका एनगोलो यस विश्वकपमा डेभ्यु गर्ने चर्चित खेलाडी मध्ये एक हुन् ।

यस सुचिमा दोस्रो खेलाडी स्पेनका मिडफिल्डर इस्को रहेका छन् । रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने इस्को अहिलेका विश्वका उत्कृष्ट मिडफिल्डर मध्ये एक हुन् । इस्कोले सन २०१३ मै राष्ट्रिय टोलीमा डेभ्यु गरेपनि राष्ट्रिय टिममा गोल गर्न उनलाई एक बर्ष लागेको थियो । 

यस विश्वकपमा आफ्नो देश स्पेनबाट विश्वकपमा डेभ्यु गर्दै छन् । आक्रामक मिडफिल्डको भूमिकामा रहेका इस्को यस विश्वकपमा डेभ्यु गर्ने खेलाडी मध्ये उत्कृष्ट खेलाडीको सुचीमा रहेका छन् । इस्कोले स्पेनका लागि अहिलेसम्म २६ खेलमा १० गोल गरेका छन् ।

यस सुचिमा अर्का खेलाडी हुन अर्जेन्टिनाका पाउलो डिबाला । डिबालालाई अर्जेन्टिनाको मेसीलाई रिप्लेस गर्न सक्ने खेलाडीको सुचिमा हेरिएको छ । २०१६ को कोपा अमेरिका खेल्न नपाएका डिबालाको यो विश्वकप नै प्रमुख प्रतियोगिता हो । युभेन्टसबाट व्यावसायिक फुटबल खेल्ने डिबालाले यस सिजनमा ४६ खेलमा २६ गोल गरेका छन् भने राष्ट्रिय टिमका लागि १२ खेल खेले पनि अझै गोलको खोजीमा रहेका छन् । मेसीकै पोजिसनमा खेल्ने हुदा डिबाला उत्कृष्ट खेलाडी हुदा पनि अर्जेन्टिनाको टिममा फिट हुन् नसकेको स्वयं मेसीले नै यस अघि बताइसकेका छन् । त्यसैले प्रतिभावान आक्रामक मिडफिल्डका डिबालालाई अर्जेन्टिनाले विश्वकपमा कसरी प्रयोग गर्छ त्यो हेर्न बाँकी छ ।

यस सुचिमा अर्का उत्कृष्ट खेलाडी हुन् इङल्याण्डका ह्यारी केन । केन यस सिजनमा प्रिमियर लिगमा मोहमद सलाहपछि धेरै गोल गर्ने खेलाडी हुन् । टोटनह्यामका लागि यस सिजनमा सबै खेलमा केनले ४१ गोल गरेका छन् । २०१५ मा राष्ट्रिय टिममा डेभ्यु गरेका केनको यो पहिलो विश्वकप हो । इङल्याण्डका अहिलेका प्रमुख खेलाडी समेत रहेका केनले अहिलेसम्म राष्ट्रिय टिमका लागि २३ खेलमा १२ गोल गरेका छन् ।

केनलाई यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने सक्ने खेलाडीको रुपमा हेरिएको छ । केनलाई यस सिजनमा गोल्डेन बुट जित्न सक्ने खेलाडीको रुपमा पनि हेरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै