विश्व कपमा छनौट हुन संघर्ष गर्दै मेसीको अर्जेन्टिना 

खरीबोट

दक्षिण अमेरिकी समुह अन्तर्गत भएको विश्वकप छनौट खेलमा अर्जेन्टिना र उरुग्वेबीचको खेल बिना कुनै गोल बराबरीमा सकिएको छ ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट कुनै गोल हुन् नसकेपछि दुवै देशले एक एक अंक बाडेका छन् । खेलको ३५औ मिनेटमा उरुग्वेका लुइस स्वरेजले अर्जेन्टिनाका निकोलस ओटामेन्डिलाई खतरनाक फाउल गरेपनि उनि रातो कार्डबाट भने बचेका थिए ।

सन् २०१८ मा हुने विश्वकपका लागि अर्जेन्टिना संघर्षरत रहेको छ । अहिले अर्जेन्टिना १५ खेलमा २३ अंक सहित समुहमा पाचौ नम्बरमा रहेको छ । यस समुहबाट ब्राजिल रसियामा हुने विश्व कपका लागि यसअघि नै छनौट भैसकेको छ । भने हाल कोलम्बिया दोस्रो, उरुग्वे तेस्रो र चिली चौथो स्थानमा रहेको छ । अब छनौट चरणका तीन खेल खेल्न बाँकी रहेको छ । 

दक्षिण अमेरिकी समुहबाट शिर्ष चार टिम सिधै छनौट हुने छन् भने पाचौ हुने टिम इन्टरकन्टिनेन्टल टिमसँग छनौट खेल खेल्नु पर्ने हुन्छ ।

अर्जेन्टिना छनौट चरणको खेलमा अब सेप्टेम्बर ५ मा भेनेजुएलासँग, अक्टोबर ५ मा पेरुसँग र अक्टोबर १० मा इक्वेडरसँग खेल्ने छ ।   
 

सम्बन्धित समाचार

अर्जेन्टिनामा लियोनेल मेसीको सालिक दोस्रो पटक तोडफोड 

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीको सालिक फेरि तोडफोड गरीएको छ । अर्जेनिटनाको राजधानी ब्युनोस आयर्समा स्थापना गरिएको उक्त सालिकलाई अज्ञात व्यक्तिहरुले तोडफोड गरेको बताइएको छ । यसअघि कोपा अमेरिकाको

रसिया विश्वकपमा अर्जेन्टिना कठिन समुहमा 

काठमाडौँ । आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलमा तुलनात्मक रुपमा अर्जेन्टिना रहेको समुह कठिन समुह देखिएको छ । यद्यपी समुह बि मा रहेका स्पेन र पोर्चुगलको चर्चा भइरहेपनि सो समुहमा

डब्लुटियोको मन्त्रीस्तरीय सम्मेलन अर्जेन्टिनामाः यस्तो छ, नेपालको तयारी

काठमाडौँ ।   विश्व व्यापार संगठन(डव्लुटियो)को ११ औं मन्त्रीस्तरीय सम्मेलन आगामी डिसेम्बर १० देखि अर्जेन्टिनामा सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने बैठक डव्लुटियोको सदस्य भएका देशहरुको सहभागितामा प्रत्येक दुई/दुई

मेसीबिना खेलेको अर्जेन्टिना नाइजेरियासँग पराजित 

काठमाडौँ । लियोनेल मेसी बिना खेलेको अर्जेन्टिना मैत्रीपूर्ण खेलमा नाइजेरियास्नाग पराजित भएको छ । गएराती भएको खेलमा अर्जेन्टिनालाई नाइजेरियाले ४-२ गोल अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाका लागि बनेगा र अग्युरोले