• २०८१ बैशाख ७ शुक्रबार

सलमानका भाई अरबाज खान आइपिएल सट्टा प्रकरणमा, प्रहरीले बयानका लागि बोलायो

kharibot

मुम्बई । आइपिएलमा सट्टा लगाएको आरोपमा बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानलाई प्रहरीले बयानका लागि पत्र काटेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा लगाउने ठुलो गिरोहलाई पक्राउ गरेपछि अभिनेता तथा निर्देशक निर्मातासमेत रहेका अरबाजको सम्बन्ध उनीहरुसँग देखिएपछि पत्र काटेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सट्टा लगाउने समुहको प्रमुख भने सोनु जलान उर्फ सोनु मालद रहेको बताइएको छ ।

प्रहरीले उनलाई प्रहरी समक्ष आउन पत्र काटेको भारतीय मिडियाले उल्लेख गरेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार अरबाजले आइपिएल खेलका क्रममा पैसा हारेपछि सट्टा लगाउनेलाई पैसा नदिएपछि विवाद भएको उल्लेख गरेको छ ।

पक्राउ परेका सट्टाबाज सोनुसँग क्रिकेटका खेल फिक्स गर्ने गरेको रेकर्ड भेटिएको भन्दै क्रिके का विभिन्न खेलमा सट्टा लगाउने बलिवुडका अन्य सेलिब्रेटीको पनि सुची हात पारेको प्रहरीले जनाएको छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै