• २०८१ बैशाख ११ मंगलबार

फोरमबाट दुई जना मन्त्री बने, उपेन्द्र यादव स्वास्थ्यमन्त्री 

kharibot

काठमाडौँ । संघीय समाजवादी फोरम, नेपाल दुई मन्त्रालयसहित सरकारमा आज सरकारमा सहभागी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको हेरफेर र जिम्मेवारी थप गरेको जानकारी राष्ट्रपतिको कार्यालयले दिएको छ ।

जसअनुसार  फोरम अध्यक्षसमेत रहेका उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । त्यसैगरी फोरमका तर्फबाट अर्का मन्त्री मोहम्मद इस्तियाक राई बन्दैछन् । उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो

नयाँ मन्त्रीहरुको शपथ ग्रहण आजै दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै