काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती २ बजेर १७ मिनेटमा गोरखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको परकम्प गएको हो ।
यसअघि २०७२ वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पको परपम्प अझै आइरहेको केन्द्रले जनाएको छ ।
त्यस्तै बिहिबार बेलुका ९ बजेर ४५ मिनेटमा दैलेख केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ ।