• २०८१ बैशाख १४ शुक्रबार

वेस्टइण्डिजसँग विश्व ११ पराजित 

kharibot

काठमाडौं । वेस्टइण्डिजले आसीसी विश्व ११ लाई पराजित गरेको छ । गएराती लन्डनको लर्ड्स मैदानमा भएको च्यारिटी खेलमा वेस्टइण्डिज टिमसँग विश्व ११ टिम ७२ रनले पराजित भएको हो ।

वेस्ट इण्डिजले दिएको २०० रनको लक्ष्य पछ्याएको विश्व ११ टिम १६.४ ओभरमा १२७ रन बनाउदा अल आउट भएको थियो ।

विश्व ११ का लागि तिसरा परेराले सर्वाध्क ६१ रन बनाए भने सोएब मल्लिकले १२, शाहिद अफ्रिदीले ११ रन बनाएका थिए । नेपाली युवा खेलाडी सन्दीप लामिछानेले ४ रन नट आउट बनाएका थिए ।

वेस्टइण्डिजका बलर केसरिक विलियम्सले ३ विकेट लिए भने सम्युयल बद्री, आन्द्रे रसेलले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजको टिमले २० ओभरमा ४ विकेट गुमाउदै १९९ रन बनाएको थियो । वेस्टइण्डिजका लागि इभान लुइसले सर्वाधिक ५८ रन बनाए भने, दिनेश राम्दीनले ४४ र मार्वन साम्युल्सले ४३ रनको योगदान दिएका थिए । त्यस्तै आन्द्रे रसेलले २१ र क्रिस गेलले १८ रन बनाएका थिए ।

विश्व ११ का बलर राशिद खानले २ विकेट लिए भने सोएब मल्लिक र शाहिद अफ्रिदीले एक एक विकेट लिएका थिए ।

सन्दीप लामिछानेले भने जम्मा एक ओभर मात्र बलिङ गर्ने मौका पाएका थिए । सन्दीपले एक ओभरमा १२ रन दिएका थिए ।

सन्दीपको टि-२० अन्तराष्ट्रिय खेलमा डेब्यू

वेस्टइण्डिजसँग को यस खेलबाट सन्दीप लामिछानेले टी-२० अन्तराष्ट्रिय खेलमा डेब्यू गरेका छन् । आइसीसीले  टी-२० अन्तराष्ट्रियको मान्यता दिएको यो च्यारिटी खेलमा खेल्दै सन्दीपले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका हुन् ।

२०१६ मा नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका सन्दीपले अहिलेसम्म टी-२० अन्तराष्ट्रिय खेल खेल्न पाएका थिएनन् । उनले राष्ट्रिय टोलीबाट नभएर विश्व-११ को टोलीबाट टी-२० अन्तराष्ट्रियमा डेब्यू गरेका हुन् ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै