• २०८१ बैशाख ११ मंगलबार

मनिष र मलिनाको ‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी अभिनित फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा मनिष र मलिनाबीचको प्रेम र विछोडको कथा देखाइएको छ । यसअघि फिल्म 'रानी' मा एकसाथ काम मनिष र मलिनाको यो फिल्म पूर्ण रुपमा लभस्टोरी कथामा बनाइएको ट्रेलरबाट थाहा हुन्छ । 

असार ८ गते रिलिज गर्ने भनिएको यस फिल्मका निर्देशक विकाश बस्याल हुन् । बस्यालको निर्देशनमा बनेको यो पहिलो फिल्म हो । 

बिहीवार राजधानीमा आयोजिक ट्रेलर रिलिज कार्यक्रममा उपस्थित अभिनेता मनिष र अभिनेत्री मलिना दुवैले फिल्म सरल लभस्टोरीमा निर्माण भएपनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए । 

यसमा स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठको  द्वन्द्व निर्देशन रहेको छ ।

मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् भने विना कार्की सह-निर्मात्रीमा छिन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै