• २०८१ बैशाख १३ बिहीबार

अन्तर्राष्ट्रिय रियालिटि शो 'भ्वाइस अफ नेपाल'  डिशहोमको रमाईलो टिभिमा प्रशारण हुने

kharibot

काठमाडौँ ।  डिशहोमले आफ्ना ग्राहकहरुको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफैले प्रवर्धन गरेका च्यानलहरु प्रशारण गरिरहेको छ ।

डिशहोम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्य पनि रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको सर्वविदितै छ । रमाईलो टिभिमा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, सांगितिक कार्यक्रम, जिबनकथा लगायत विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भैरहेका छन् ।रमाईलो टिभि हाइ डेफिनेशनमा प्रशारण हुने गर्दछ ।

यसै बिच नेपालमा अन्तर्राष्ट्रिय रियालिटी शोहरुको लोकप्रियता बढ्दै गैरहेको अवस्थामादर्शकहरुको चाहनालाई मध्यनजर गर्दै रमाईलो टि.भि मा नेदरल्याण्डको बहुचर्चित गायन रियालिटि शो द भ्वाइसको नेपाली संस्करण भ्वाइस अफ नेपाल ९फ़्रेन्चाइज प्रोग्राम अफ नेदरल्याण्ड० प्रशारणहुने भएको छ।

श्रावणको पहिलोहप्ता देखी प्रशारण हुने यसकार्यक्रमको प्रथम संस्करणमा ३० भागसम्म दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिनेछ छ । यस कार्यक्रमरमाईलोटिभि मार्फत प्रशारणगरिनेछ भनेए.डि रिलिज प्रा.लि. संग डिशहोमले कार्यक्रम प्रायोजनकोसम्झौता समेत गरेको छ ।

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिशहोमले नेपालमा रहेका ग्राहकहरुमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी.प्याकेजहरु प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । साथै नेपाल सरकारको अनिवार्य डिजिटलाइजेसन नितिले गर्दा पनि डिजिटल टिभि सेवामा डिशहोम ग्राहकहरुको पहिलो रोजाईमा परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै