• २०८१ बैशाख १२ बुधबार

सूचक ओर्लिएपछि सेयरबजारमा नौ समूहको गुम्यो, ट्रेडिङलाई राहत

kharibot

काठमाडौं । नेप्सेको गिरावटले आज बिहिबार पनि निरन्तरता पाएको छ । नेप्से आज १४ दशमलव ६१ अंकले घटेर १३ सय सात दशमलव ६६ विन्दुमा झर्दा सेन्सिटिभ दुई दशमलव ९३ अंकले घटेर दुई सय ७५ दशमलव २८ विन्दुमा झरेको छ ।

आज कुल एक सय ६५ कम्पनीहरुको चार हजार एक सय ५९ वटा कारोबारमा सात लाख आठ हजार एक सय ४७ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३४ करोड ५९ लाख १४ हजार पाँच सय पाँच रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा नौ वटा समूहले गुमाउँदा टे«डिङ समूहले भने सामान्य अंं्रकले मात्र कमाएको छ । गुमाउने समूहमा परेको बाँणिज्य बैंक समूहको सुचक १२ दशमलव ३४ अंकले घटेर ११ सय छ दशमलव २३ विन्दुमा झरेकोमा १० करोड २५ लाख १३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सुचक १२ दशमलव ४७ अंकले घटेर १५ सय १३ दशमलव ८४ विन्दुमा झरेकोमा एक करोड चार लाख ४० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी बीमा समुहको सुचक पनि एक सय १५ दशमलव ७२ अंकले घटेर छ हजार आठ सय ३९ दसमलनव तीन अंकमा झरेकोमा सात करोड २७ लाख ३५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समूहको सुचकमा पनि आज गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको सुर्योेदय लघुबित्तको सेयर मूल्य दुई रुपैयाँ छ पैसाले बढेर १६ सय ७० रुपैयाँमा सेयर कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको मेगाको सेयर मूल्य नौ रुपैयाँ ६४ पैसाले घटेर दुई सय छ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल दुरसञ्चार कम्पनीको प्रतिकित्ता सात सय ५६ रुपैयाँ अन्तिम मूल्यमा दुई करोड ८२ लाख ४३ हजार दुई सय ५५ रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल बैंकको प्रतिकित्ता तीन सय २१ रुपैयाँ अन्तिम मूल्यमा दुई करोड ४३ लाख ६५ हजार तीन सय ३८ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै