• २०८१ बैशाख ८ शनिबार

आफूभन्दा १० बर्ष कान्छा अमेरिकी गायकसँग ‘डेट’ गर्दै प्रियंका चोपडा 

kharibot

मुम्बई । बलिवुडबाट हाल हलिवुडमा जमिरहेकी अभिनेत्री प्रियंका चोपडाले आफु भन्दा १० बर्ष कान्छा हलिवुडका गायकसँग ‘डेट’ गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रियंकाले गोल्डेन ग्लोब अवार्डमा मनोनयनमा परेका गायक निक जोनाससँग एक बेसबल खेल गर्न सँगै गएको बेला मिडियाको नजरमा परेपछि यस्तो चर्चा सुरु भएको हो ।

अमेरिकामा बसेर हलिवुड फिल्ममा काम गरिरहेकी प्रियंकाले भने आफ्नो निकसँगको रोमान्सका बारेमा केहि बताएकी छैनन् तर प्रियंका र निकलाई धेरै पटक सँगै भने देखिएको छ ।

लस एन्जल्समा एक बेसबल खेलमा सँगै देखिएका निक र प्रियंका क्यालिफोर्नियामा एक समुन्द्री बोटमा पनि सँगै रहेको निकको सामाजिक संजाल एकाउन्टबाट सेयर गरएको छ । 

यस भन्दा अघि हलिवुडको एक अवार्ड समारोहमा पनि प्रियंका निकसँग सँगै देखिएकी थिइन् । त्यसति बेला साथीमात्र भएको प्रतिक्रिया दिएकी प्रियंकाले पटक पटक निकसँग सार्वजनिक ठाउमा देखिएपछि भारतमा उनले निकसँग रोमान्स गरिरहेको चर्चा सुरु भएको छ ।

गायक निक जोनास केबल २५ बर्षका छन् भने प्रियंका अहिले ३५ बर्षकी भएकी छन् । 

हलिवुडका यी युवा गायकले यस अघि हाइप्रोफ़ाइल सेलिब्रेटीसँग डेट गरिसकेका छन् । जोनासले अमेरिकन मोडल तथा मिस युनिभर्स २०१२ ओलिभिया कुल्पोसँग डेट गरेका थिए भने उनको २०१५ मा ब्रेकअप भएको थियो । त्यस्तै निकले अमेरिकी अभिनेत्री केट हडसन, अमेरिकन अभिनेत्री एन्जेला सराफेयन र भिक्टोरिया मोडल जर्जिया फोवलरलाई डेट गरिसकेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै