• २०८१ बैशाख ८ शनिबार

रोल्पाको जुगारमा इन्भेष्टमेण्ट बैंकको ७१औ शाखा संचालन 

kharibot

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा आफ्नो ७१औं शाखा विस्तार गरेको छ । 

२२ हजार बढी जनता रहेको प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउपालिकाका स्थानीयलाई यो शाखाले वित्तिय कारोवारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । 

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ साथै विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई रु ३ अर्ब ६४ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र बैंक रहेको छ । 

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।  

५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै