• २०८१ बैशाख १४ शुक्रबार

सुँघेरै मान्छेको मृत्यु थाहा पाउने यी महिला, जसले आफ्नै काकाको मृत्यु थाहा पाइन् !

kharibot

तस्बिर : Caters News Agency/Mirror UK

युरोप । एक साइकिक महिलाले आफूले मर्न लागेका मान्छे सुँघेरै थाहा पाइदिने दाबी गरेकी छिन् । तर उनले बचाउन भने नसक्ने भएकाले आफ्नो यस्तो अद्भुत क्षमता काम नभएको बताएकी छिन् । 

२४ वर्षकी एरी काला नामकी उक्त महिलाले सोही कारण आफ्नो लिगल सेक्रेटरी पद समेत छाडेर व्यावसायिक साइकिकलाई नै करिअर बनाउन लागिपरेको जनाइएको छ । उनले आफूसँग छैटौँ इन्द्रिय रहेको दाबी गरेकी छिन् । आफ्नै काका मर्नलाग्दा आफूले सुँघेको र सोही क्रममा आफ्नो अद्भुत क्षमता अवगत भएको समेत उनको दाबी छ ।   

अहिले उनी महिलालाई आफूभित्रको साइकिक शक्तिको संवद्र्धन कसरी गर्ने भन्ने पढाइरहेकी छिन् । आफूसँग उक्त क्षमता भए पनि उनले कुनै व्यक्ति मर्नेवाला छ भने यसबारे नभन्ने समेत उनको भनाइ छ ।

उनी अष्ट्रेलियाको न्यु साउथ वेल्सकी हुन् ।  उनले सबैसँग यस्तैखाले अद्भुत क्षमता हुने भए पनि समाजको कारण दमित भइरहने समेत बताएकी छिन् । उनले पहिले सिड्नीको ल फर्ममा काम गरे पनि डिप्रेसनका कारण छोडेकी थिइन् । उनका अनुसार कल्पना असत्य र अवास्तविक हो, यसले यस्तो क्षमतालाई मार्छ । 

त्यसो त सानै बेला पनि मानिसहरुको भावभंगिमा पढ्न सकेको उनको दाबी छ । उनले सोचेका कुरा त्यतिबेला पनि साँचो हुने गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै