• २०८१ बैशाख १२ बुधबार

एनएमबि बैंकले पायो अर्को गौरवपूर्ण सम्मान  

kharibot

काठमाडौँ । एनएमबि बैंकले आठौ आईएफसी ट्रेड अवार्डमा ‘बेस्ट इस्युइङ बैंक पार्टनर इन फ्रगिल कन्ट्रीज- २०१७-दक्षिण एशिया’अवार्डबाट सम्मानित भएको छ ।

नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो । ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम २०१७ मा बैंकले गरेको सहकार्यका लागि रिजनल फाइनान्सियल ग्रुप, आईएफसीका एसिया र प्यासिफिक हेड भिटोरियो डी बेलोले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई सो अवार्ड प्रदान गरेका छन् । 

आइएफसी ट्रेड अवार्डको प्राप्तिले एनएमबि बैकको अन्र्तराष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको बैंकले जनाएको छ । 

एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ  ।

आईएफसी ट्रेड अवार्डको प्राप्ती सँगै यस बर्ष एनएमबि बैकले हाल सम्म ३ चर्चित अन्र्तराष्ट्रिय अवार्ड हात पारेको छ ।  जसमा फाइनान्सियल टाइम्स, लन्डनले दिने ‘द बैंकर अफ द इयर २०१७’ र सर्टिफिकेट अफ मेरिट( फ्रोस्ट एण्ड सुलिभान रहेका छन् । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै