• २०८१ बैशाख १२ बुधबार

मैत्रीपूर्ण खेलमा हैटीविरुद्ध मेसीले गरे ह्याट्रिक, अर्जेन्टिनाको ठुलो जित 

kharibot

काठमाडौँ । विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा हैटीविरुद्ध ठुलो जित हासिल गरेको छ ।

बुधबार बिहान भएको खेलमा लियोनेल मेसीको ह्याट्रिकको मद्धतले अर्जेन्टिनाले हैटीलाई ४-० गोल अन्तरले पराजित गरेको छ । मेसीले खेलको १७औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मेसीले खेलको ५८औ र ६६औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

त्यस्तै अर्जेन्टिनाका लागि चौथो गोल खेलको ६९औ मीनेटमा सर्जियो अग्युरोले गरेका थिए ।

फिफा वरियतामा १०८औ स्थानमा रहेको हैटी तुलनात्मक रुपमा कमजोर मानिएको भए पनि अर्जेन्टिनाको आक्रामक खेलका अगाडी झनै निरिह देखिएको थियो ।

अर्जेन्टिना रहेको विश्वकपको समुह डीलाई यस विश्वकपको ग्रुप अफ डेथ पनि भनिएको छ । समुह डी मा अर्जेन्टिनासँगै आइसल्याण्ड, नाइजेरिया र क्रोसिया रहेका छन् ।

अर्जेन्टिनाले विश्वकपको पहिलो खेल आगामी जुन १६ मा आइसल्याण्डसँग खेल्दै छ भने दोस्रो खेल क्रोसियासँग जुन २१ मा र तेस्रो खेल नाइजेरियासँग जुन २६ मा खेल्दै छ ।


  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै