• २०८१ बैशाख ५ बुधबार

ढुंगेल रिहाईको विरोधमा नेविसंघको अर्धनग्न प्रदर्शन

kharibot

काठमाडौ ।  नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै आज कपडा खोलेर (अर्धनग्न) प्रदर्शन गरेको छ । 

नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद् ढुंगेललाई आममाफी दिएको विरोधमा अर्धनग्न प्रदर्शन गरेको हो । 

प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप समेत लगाए । आइतबार मन्त्रिपरिषद्को बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै