• २०८१ बैशाख ८ शनिबार

रियल म्याड्रिडको प्रमोशन भिडियोमा किन छैनन् रोनाल्डो ? यस्तो छ कारण 

kharibot

काठमाडौं । च्याम्पियन्स लिगको उपाधि जितेको स्पेनिस क्लब रियल म्याड्रिडले मंगलबार आफ्नो नयाँ सिजनको क्लबको आधिकारिक किट सार्वजनिक गरेको छ । 

रियलले सार्वजनिक गरेको क्लबको नयाँ सिजनको होम र अवे जर्सीको भिडियोमा रियलका स्टार खेलाडी रोनाल्डोलाई फिचर गरिएको छैन । 

रोनाल्डोलाई सो भिडियोमा फिचर नगरिदा उनले यस सिजनमा रियल छोड्ने हुन् की भन्ने अनुमान सबैले गएपनि सत्यता भने त्यस्तो नरहेको खुल्न आएको छ । 

रोनाल्डोले च्याम्पियन्स लिग जितेपछि दिएको भनाईलाई आधार बनाएर उनले सय सिजनमा कल्ब छोड्न सक्ने अनुमानका बीच क्लबको आउदो सिजनको किट लन्चमा ग्यारेथ बेल करीम बेन्जमा, मार्सेलो, टोनी क्रुज जस्ता खेलाडीलाई फिचर गरिएको तर रोनाल्डोको अनुपस्थितिले शंका उब्जाएको थियो ।

यसको असली कारण भने स्पोन्सर कम्पनि रहेको बुझिएको छ । रियल म्याड्रिडको अफिसियल किटको स्पोन्सर चर्चित ब्रान्ड एडिडास रहेको छ जबकी रोनाल्डोको व्यक्तिगत स्पोन्सर भने नाईक रहेको छ ।

रोनाल्डो स्पोन्सरको कारणले रियलको किट प्रमोशन भिडियोमा अनुपस्थित भएको बुझिएको छ । रोनाल्डोले नाईकसँग बार्षिक रुपमा रियल म्याड्रिडबाट पाउने पारिश्रमिककै हाराहारीमा सम्झौता गरेका छन् ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै