• २०८१ बैशाख ६ बिहीबार

बजेट बारे डा. बाबुराम भट्टराईको टिप्पणी : माछा माछा भ्यागुतो

kharibot

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निराश भएको प्रतिक्रिया दिएका छन् ।

यस अघि अर्थमन्त्रीको समेत जिम्मेवारी निभाएका डा.भट्टराईले बजेटले विकास र समृद्धितर्फ जाने जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने स्पष्ट पारे । 

उनले बजेट सबै हिसाबले पुरानैको निरन्तरतामा आएको भन्दै प्रदेश र स्थनीय तहलाई हस्तान्तरण गरेर बजेट नल्याइएको बताए ।

संयोजक भट्टराईले बजेट नयाँ उडान भर्नेगरी नआएको दावी गर्दै त्यसले सरकारलाई अप्ठयारोमा पार्ने तर्क पनि गरे । 

भट्टराईले बजेट सुन्दै जाँदा 'माछा माछा भ्यागुतोको अनुभूति भएको बताएका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै