• २०८१ बैशाख ६ बिहीबार

कम डिजेल बेच्ने बंगलामुखी आयल स्टोरमा शिलबन्दी

kharibot

फाइल तस्बीर

काठमाडौँ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभन्दा कम डिजेल विक्रि वितरण गर्ने ‘न्यू बगलामुखी आयल स्टोर’लाई शिलबन्दी गरेको छ । 

विभागको टोलीले आज डिजेल वितरण पम्पको नाप मापदण्डभन्दा कम भेटिएकाले सानो भ¥याङमा रहेको उक्त आयल स्टोरलाई शिलबन्दी गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बंगलामुखी आयल स्टोर सानो भ¥याङ, मकालु आयल स्टोर कलंकी र हामा आयल स्टोर स्वयम्भूमा गरिएको अनुगमनमा दुईवटा आयल स्टोर मापदण्डभित्र रहेको र बंगलामुखी आयल स्टोरलाई शिलबन्दी गरिएको बताए । 

यसैगरी विभागले मंगलबार उपत्यकाका दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै