• २०८१ बैशाख ४ मंगलबार

इजिप्टका वकिलले एक बिलियन युरो क्षतिपूर्ति माग्दै रामोसविरुद्ध मुद्दा हाले 

kharibot

काठमाडौँ । लिभरपुलका इजिप्टियन स्ट्राइकर मोहमद सलाह च्याम्पियन्स लिगमा घाइते भएर मैदान छोडेपछि नयाँ ट्वीस्ट आइरहेको छ ।

रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसले लडाएर घाइते भएपछि खेलको ३०औ मिनेटमा नै मैदान छोडेका सलाहलाई जानी जानी रामोसले लडाएर शारीरिक र भावनात्मक चोट पुर्याएको भन्दै इजिप्टका वकिलले फिफासँग एक बिलियन युरोको क्षतिपूर्ति माग गर्दै रिट दायर गरेका छन् ।

इजिप्टको टेलिभिजनमा कुरा गर्दै वकिल वाहबाले रामोसले जानी जानी सलाहलाई घाइते बनाएको भन्दै उनलाई कारवाही हुनुपर्ने दाबि गरेका छन् । फिफालाई दायर गरेको रिटमा ति वकिलले एक बिलियन युरो क्षतिपूर्ति बापत रामोसले सलाह र इजिप्टका जनतालाई दिनुपर्ने भन्दै रिट दायर गरेको बताएका छन् ।

साथै उनले आफुले कुनै क्षतिपूर्तिको रकम पाएमा इजिप्टको राष्ट्रिय फन्डमा जम्मा गर्ने पनि बताएका छन् । 

त्यस्तै फिफा र युइएफएलाई रामोसमाथि कारवाही गर्न भन्दै चेन्ज डट ओआरजीमा अहिलेसम्म ३ लाख भन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । सो खेलको क्रममा रेफ्रीले सो घटनाप्रति कुनै फाउल दिएका थिएनन् ।

उता सलाहले भने आइतबार राति आफु विश्वकपमा फर्किनेमा विस्वस्त रहेको बताएका छन् । त्यस्तै रामोसले पनि खेल सकिएपछि सलाहलाई शिघ्रस्वास्थ्य लाभको कामना गर्दै एक संदेश पठाएका थिए ।

विश्वकपमा इजिप्ट आयोजक रसिया, साउदी अरब र उरुग्वेसँग सामु ए मा रहेको छ भने पहिलो खेल जुन १५ मा उरुग्वेसँग खेल्दै छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै