• २०८१ बैशाख १३ बिहीबार

कलंकी–नागढुंगा सडक निर्माणमा भएको लापर्बाहीको छानबिन हुन्छ – गृहमन्त्री थापा

kharibot

काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापाले कलंकी–नागढुंगा सडक निर्माणमा भएको लापर्बाहीको छानबिन हुने बताएका छन् । 

आज यहाँ चन्द्रागिरि नगरपालिकाले आयोजना गरेको कार्यक्रमका सहभागीले सो सडक निर्माणमा भएको ढिलाइका कारण विभिन्न समस्या भोग्नुपरेको बताएपछि गृहमन्त्रीले छानविनपछि दोषी देखिए ठेकेदारलाई कारबाही हुने बताएका हुन् । 

गृहमन्त्री थापाले समयमा विकास निर्माणको काम सम्पन्न नगर्नु भ्रष्टाचार गरेको सरह नै भएको उल्लेख गर्दै यो कुरा सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारे । 

गृहमन्त्रालयले देशभरबाट विकास निर्माणमा भइरहेको ढिलाइको विवरण संकलन गरिरहेको छ, उनले भने, “प्राप्त विवरणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही गरिनेछ ।” 

सो अवसरमा गृहमन्त्री थापाले चन्द्रागिरि नगरपालिका वडा नं २ लाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिनुका साथै सो वडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरे । 

यसैगरी उहाँले सो वडामा आयोजित महिलाका लागि शीपमूलक तथा आयमूलक तालीम कार्यक्रममको पनि आजै उद्घाटन गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै