• २०८१ बैशाख १२ बुधबार

ग्लोबल आइएमई बैंक र भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबीच सम्झौता 

kharibot

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र भारतस्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई भारतमा गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । 

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकको भारतस्थित सम्र्पक कार्यालयका प्रमुख ज्वाला शर्मा र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालको तर्फबाट कार्यकारी निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरे । अधिकांश नेपालीहरु उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा जाने हुदाँ बैंकले उक्त कुरालाई ध्यानमा राखेर भारत स्थित  इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पताल संग सम्झौता गरेको हो । 

सम्झौता पश्चात अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिटरक्रेडिट कार्ड लिएका बैैंकका ग्राहक एवं कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउनेछन् । 

यसका साथै बैंकको क्रोन ल्याबरेटोरी तथा रेफरल सेन्टर (के. ल्याब.) सँग पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख श्री गणेश अवस्थी र के. ल्याब.का प्रशासकीय निर्देशक श्री कान्ति थापा बीच हस्ताक्षर भएको हो ।

के. ल्याब.ले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा बैंकबाट डेबिटरक्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १२९ शाखा, १३१  एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ८५ शाखा रहित बैंकिङ्ग सेवा र  ३ प्रतिनिधि कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै