• २०८१ बैशाख ८ शनिबार

ओप्पोको अन्तर्राष्ट्रिय व्यापार अब एलेनले हेर्ने 

kharibot

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी ओप्पोले उपाध्यक्ष तथा चाइना मार्केटिङ एण्ड सेल्सका भुतपूर्व ईन्चार्ज, एलेन वुलाई कम्पनीले अन्तर्राष्ट्रिय व्यापार हेर्ने जिम्मेवारी दिएको छ । ओप्पोले सोमबार अन्तर्राष्ट्रिय व्यापारमा थप अग्रताका साथै यूवा प्रतिभा उत्थानको उद्देश्यका साथ नयाँ नेतृत्वको घोषणा गरेको हो ।

एलेनले आफ्नो नयाँ भुमिकामा समग्र अन्तरराष्ट्रिय अपरेशन्सका लागि नेतृत्वदायी भुमिका निभाउँदै चाइना भन्दा बाहिर ओप्पोको बृहत विकास र बृद्धिका लागि काम गर्ने कम्पनीले जनाएको छ । उनले ओप्पोका प्रमुख कार्यकारी अधिकृत टोनी शेनलाई रिपोर्ट गर्नेछन् । 

‘अन्तरराष्ट्रिय ब्यापारले रणनीतिक भूमिका खेल्दछ र ओप्पोमा यसलाई निकै महत्व दिइन्छ । साथै, हामी यूवा प्रतिभा उत्थान र ओप्पो मातहत पदोन्नतीका लागि प्रतिबद्ध छौँ’, टोनी शेनले भने ‘मार्केटिङ क्षेत्रको विशिष्ट अनुभव संगालेका एलेन उपभोक्ता अन्तर्दृष्टि सम्बन्धि विशेष दख्खल राख्छन् । ओप्पोका लागि भविष्यमापनि उनको उल्लेख्य योगदान रहनेमा हामी विश्वस्त छौँ ।’

सन् २००६ देखि ओप्पोसँग आवद्ध एलेन वु डिस्ट्रिब्यूटर नेटवर्क कन्स्ट्रक्सन एण्ड मोबाइल प्रडक्ट मार्केटिङका इन्चार्ज समेत रहेका थिए । 

उनी चाइना मार्केटिङ एण्ड सेल्सको ईन्चार्ज रहँदा ओप्पो चीनको उत्कृष्ट स्मार्टफोन ब्राण्ड मध्य एकका रुपमा स्थापित हुनुका साथै विक्रि प्रदर्शनीका साथै ब्राण्ड बिल्डिङमा समेत कम्पनीले उल्लेख्य सफलता हात पारेको थियो ।

उनलाई प्रदान गरिएको नयाँ भूमिकामा एलेनले वैश्विक स्मार्टफोन ब्राण्ड मध्य अग्रणी ब्राण्डका रुपमा ओप्पोको स्थान सुदृढ बनाउँदै लैजाने, नयाँ बजार प्रवेश तथा विद्यमान अन्तरारष्ट्रिय ब्यापारमा थप विकास तथा सुधार गर्नेछन् ।

त्यसैगरी ओप्पो सह उपाध्यक्ष, ओप्पो ईन्डिया अध्यक्षका रुपमा चाल्र्स वोङ्लाई नियुक्त गरिएको छ । उनले एलेन वुलाई रिपोर्ट गर्नेछन् । कम्पनीको बृद्धि योजना र भारतिय बजारमा ओप्पोले लिइरहेको गतिका आधारमा उनले नियुक्ति लिएका हुन् ।

चाल्र्सले मार्केटिङ एण्ड सेल्स क्षेत्रमा करिव २ दशकको अनुभव संगालेका छन् । भारतमा ओप्पोको विस्तारलाई दिशा दिइ बजारमा अग्रणी बन्ने कम्पनीको लक्ष्य पूरा गर्न उनले योजना बनाउनुका सार्थ  सिपको प्रयोग गर्ने जानकारी दिइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै