• २०८१ बैशाख १३ बिहीबार

आलिया भट्टको ‘राजी’ सय करोड क्लबमा

kharibot

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्टको फिल्म 'राजी' सय करोड क्लबमा प्रवेश गरेको छ । 

राजीले भारतीय बक्स अफिसमा फिल्म रिलिजको तेस्रो सातामा १०२.५ करोडको व्यापार गरेको हो ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार 'राजी' ले रिलिजको पहिलो सातामा ५६.५९ करोड ब्यापार गरेको थियो भने दोस्रो सातामा ३५.०४ करोड र तेस्रो सातामा आइतबारसम्म १०.८७ करोडको व्यापार गरेको थियो ।

अभिनेत्री आलियाको सय करोड व्यापार गरेको यो तेस्रो फिल्म हो । उनको यसअघि २ स्टेटले १०२ करोड, बद्रीनाथकी दुल्हनियाले ११६ करोड ब्यापार गरेका थिए ।

साथै 'राजी' बलिवुडमा हिरोइन मुख्य लिडमा भएर सय करोड ब्यापार गर्ने दोस्रो फिल्म बनेको छ । यस अघि कंगना रनावतको फिल्म तनु वेड्स मनु रिटर्नले पनि सय करोडको व्यापार गरेको थियो ।

फिल्म विश्लेषकले फिल्मको रिभ्यु अत्यन्त राम्रो दिएका थिए भने दर्शकले पनि फिल्मलाई अत्यन्त मन पराएका छन् । देशप्रेमको जुनुन देखाइएको यस फिल्ममा आलिया भट्टले भारतीय जासुसको भुमिकामा देखिएकी छन् । भारतीय जासुस बनेर पाकिस्तानी सेनाका अधिकारीसँग विवाह गरेर पाकिस्तान गएको आलियाको भुमिकालाई दर्शकले अत्यन्त मन पराएका छन् ।

मेघना गुल्जारले नीर्देष्ण गरेको यस फिल्ममा आलिया भट्टका अलावा विक्की कौशल, आलियाकी आम सोनी राजदान, रजत कपुर लगायतका कलाकारले अभिनय गरेका छन् भने फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै