• २०८१ बैशाख ७ शुक्रबार

जाजरकोटका जनप्रतिनिधिलाई सकस: झोले कार्यालयबाट सरकारी कामकाज !

kharibot

फाइल तस्बिर

जाजरकोट । यहाँका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन महिना बितेपछि कार्यालय नहुँदा समस्या भएको छ । जिल्लाको भेरी नगरपालिकाले कर्मचारी अभावमा वडा नं.१ देखी ४ सम्मका लागि संयुक्त वडा कार्यालय बनाएर काम गदैआएको छ ।

तेह्रवटा वडा रहेको सो नगरपालिकामा चारजना वडा सचिवले काम चलाइरहेका छन् । यहाँ तीन नगरपालिका र चार गाउँपालिका छन् । यी सातवटै स्थानीय तहको ७७ वटा वडामा २६ जना गाविस सचिवले संयुक्त वडा कार्यालयमार्फत कामकाज धानिरहेका छन् । थप कर्मचारी कहिले आउने हो अझै टुंगो छैन भने अहिलेसम्म कुनै पनि गाउँपालिकाले वडा कार्यालय स्थापना गर्नसकेका छैनन् ।

आर्थिक वर्षको शुरुसँगै गाउँमा कर्मचारी जाने, गाउँपालिका र नगरपालिकाबाट सबै सेवा प्रवाह हुने सोचेका स्थानीयवासी अहिलेसम्म गाउँबाट सेवा प्रवाह नहुँदा निराश छन् । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण केसीको गुनासो गरे  “गाउँमा न टेलिफोनले काम गर्छ न बँैकिङ सुविधा नत कर्मचारीको व्यवस्था छ ।”सदरमुकाममा नबसेर के गर्नु ? ”कतिपय सेवा सदरमुकामबाटै भइरहेको उनले बताए ।

सरकारले यसै महिनाभित्र आगामी वर्षको बजेट पारित गर्न स्थानीय तहलाई निर्देशन दिए पनि अहिलेसम्म जनप्रतिनिधि गाउँ गएका छैनन् । यसअघि पनि करिब १५ वर्षदेखि तत्कालीन गाविस सचिवले सदरमुकामबाटै सेवा प्रवाह गदैआएका थिए । त्यही अवस्था दोहरिनेमा त्रिवेणी नलगाड– ८ का हरिबहादुर खत्री चिन्ता व्यक्त गरे  ।

भेरी नगरपालिकाबाहेक जिल्लाका अन्य ६ गाउँपालिकामा टेलिफोनका साथै बैकिङ सुविधा विस्तार हुनसकेको छैन भने छेडागाड र नलगाड नगरपालिका लगायतका कतिपय स्थानमा अझैसम्म पनि यातायातको सुविधा पुग्न सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै