• २०८१ बैशाख ८ शनिबार

सरकारी खर्च १० खर्ब ८३ अर्ब पुग्ने प्रक्षेपण

kharibot

काठमाडौँ । चालू आर्थिक वर्ष २०७४-०७५ को अन्त्यसम्म सरकारी खर्च १० खर्ब ८३ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

आइतबार अर्थ मन्त्रालय सार्वजनिक गरेको आर्थिक वर्ष २०७४-७५ को आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षमा सरकारी खर्चमा २९ दशमलव ४ गत आर्थिक वर्ष २०७३-७४ मा भने सरकारी खर्च ३९ दशमलव ३ प्रतिशतमा रहेको थियो ।

चालू आर्थिक वर्षको कुल बजेट १२ खर्ब ७८ अर्बबढि रहेको छ । यसमध्ये सरकारी खर्चमा मात्रै ठूलो हिस्सामा बजेट खर्च हुने अर्थ मन्त्रालयले अनुमान गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणमा वित्तीय व्यवस्थाबाहेकको सरकारी खर्च (चालू र पुँजीगत) लाई आधार मान्दा आर्थिक वर्ष २०७३-७४ मा बजेट ८२ अर्ब ८३ करोडले घाटामा रहेको चालू आर्थिक वर्ष २०७४-०७५ यस्तो बजेट घाटा १६३ दशमलब ५ प्रतिशतले वृद्धि हुने देखिएको छ । सोहीअनुसार चालू आर्थिक वर्षको बजेट घाटा दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

यसैगरी सरकारी खर्चमा वृद्धि भएसँगै हरेक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सरकारी खर्चको अनुपात पनि क्रमशः बढ्दै गएको देखिएको छ । आर्थिक सर्वेक्षण अनुसार आठ महिनामा सरकारी खर्चमा गत वर्षका तुलनामा ४५ दशमलब १ प्रतिशतले वृद्धि भई पाँच खर्ब २९ अर्ब सात करोड रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षको आठ महिनामा सरकारी खर्चमा चालू खर्च अर्थात् सरकारी दैनिक कामकाजमा खर्च हुने चालू खर्च ७६ दशमलव २ प्रतिशत रहेको छ भने पुँजीगत खर्च भने सोहीअनुपातमा निराशाजनक रहेको छ । आठ महिनाको अवधिमा सरकारले पुँजीगत खर्चमा कुल बजेट अर्थात् कुल सरकारी खर्चमध्ये १७ दशमलव ८ प्रतिशत मात्रै खर्च गरेको छ । वित्तीय व्यवस्थापनमा ६ दशमलव मात्रै खर्च गरेको स्थिति देखिएको छ ।

विकास बजेटको रुपमा समेत हेरिने पूँजीगत बजेट खर्च हुनुलाई मुलुकको अर्थतन्त्रलाई पनि सकरात्मक अवस्था मान्न सकिन्न । तर नेपालमा भने सरकारी खर्चमध्ये वार्षिक रुपमा पूँजीगत खर्चको अवस्था भने सधैजसो निराशाजनक नै हुँदै आएको छ । त्यसो त, चालू आर्थिक वर्ष सम्पन्न हुन अझै चार महिना बाँकी रहेको छ । यो आर्थिक सर्वेक्षण अनुसार । तर अब आर्थिक वर्ष अन्त्य हुनका लागि करिब एक महिना १५ दिनभन्दा बढि रहेको अवस्था र बजेटको अन्तीम अवस्थामा आएर हुने पूँजीगत खर्चले पछिल्लो समयमा केही खर्चमा वृद्धि हुने देखिन्छ ।

विवरण                                       २०७३-७४ (रु.करोडमा)                                      २०७४-७५ (रु.करोडमा)

कुल सरकारी खर्च                                ८३७२४.६                                                      १०८२९८.८

चालू खर्च                                           ५१८६१.६                                                       ७३८९४.१

पूँजीगत खर्च                                      २०८७४.९                                                       २३४६२.३

वित्तीय व्यवस्था                                १०९८८.३                                                       १०९४६.४

स्रोतः अर्थमन्त्रालय  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै