आइपिएलको उपाधि चेन्नई सुपरकिंग्सले जित्यो 

खरीबोट

काठमाडौँ । यस सिजनको आइपिएलको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ । 

आइतबार भएको फाइनल खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि तेस्रो पटक जितेको हो । 

चेन्नईले यसआघ इसान २०१० र २०११ मा आइपिएलको उपाधि जितेको थियो । गत दुई सिजनमा प्रतिबन्ध भोगेर आइपिएलमा यस सिजनमा आएको चेन्नईले १८.३ ओभरमा हैदरावादले दिएको १७९ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गरेको थियो ।

चेन्नईका लागि शेन वाटशनले उत्कृष्ट ब्याटिंग गर्दै यस आइपिएलको दोस्रो शतक हानेका थिए । वाटशनले ५१ बलमा शतक पुरा गर्दै ५७ बलमा ११७ रन बनाएका थिए । वाटशनले आइपिएलको इतिहासमा पहिलो पटक फाइनलमा रन चेसगर्दा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।

त्यस्तै सुरेश रैनाले ३२ रन बनाएका थिए भने अम्बाती रायडूले १७ रन बनाएका थिए । 

त्यस्तै हैदरावादका बलर सन्दीप शर्मा र ब्राथवेटले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै हैदरावादले २० ओभरमा ६ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।

हैदरावादका लागि केन विलियम्सनले सर्वाधिक ४७ रन बनाएका थिए भने युसुफ पठानले ४५ रन बनाएका थिए । त्यस्तै शिखर धवनले २६, सकिब अल हसनले २३ र क्रिस ब्राथवेटले २१ रन बनाएका थिए ।

चेन्नईका बलर लुंगी एनगिड़ी, सर्दुल ठाकुर, करण शर्मा, डावेन ब्राभो र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच चेन्नईका शेन वाटशन बनेका थिए ।
 

सम्बन्धित समाचार

आइपिएलमा सट्टेबाजी गर्ने नागराज जेल चलान 

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा सट्टेबाजी  खेलाउने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नागराज, अमृत भनिने नथमल अग्रवाल जेल चलान भएका छन् । महोत्तरी घर भएका राकेश सिंहलगायतका व्यक्तिसँग उनले आईपीएलमा

आइपिएलका विस्फोटक ब्याट्सम्यान रिसभ पन्त भारतीय टेस्ट टिममा, रोहित शर्मा परेनन्

नयाँदिल्ली । भारतका विस्फोटक ब्याट्सम्यान रोहित शर्मा इङल्याण्डविरुद्धको पहिलो तीन टेस्टमा टिममा पर्न असफल भएका छन् ।  आगामी अगस्त एकबात सुरु हुने टेस्ट खेलका लागि घोषणा गरिएको १८ सदस्यीय टिममा

अरबाज खानले आइपिएलमा सट्टा लगाएको स्वीकारे, सट्टामा २.७५ करोड हारेको खुलासा 

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानले प्रहरीसमक्ष आफुले आइपिएलमा सट्टा लगाउने गरेको बयान दिएका छन् । प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा लगाउने ठुलो गिरोहलाई पक्राउ गरेपछि

सलमानका भाई अरबाज खान आइपिएल सट्टा प्रकरणमा, प्रहरीले बयानका लागि बोलायो

मुम्बई । आइपिएलमा सट्टा लगाएको आरोपमा बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानलाई प्रहरीले बयानका लागि पत्र काटेको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा