• २०८१ बैशाख १३ बिहीबार

गणतन्त्र दिवसमा प्रदेश ५ मा सार्वजनिक बिदा

kharibot

रुपन्देही । प्रदेश नं ५ का १२ जिल्लामा जेठ १५ गते गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिइने भएको छ । 

गणतन्त्र दिवसको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक तथा कानून मन्त्रालयले आज सूचना प्रकाशन गरी जानकारी दिएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबारदेखि तीन दिनसम्म विभिन्न संघ, संस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना हुने पनि बताइएको छ । 

प्रदेश नं ५ मा रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, बाँके, बर्दिया, रोल्पा, दाङ, पूर्वी रुकुम, कपिलवस्तु र प्यूठान पर्दछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै