• २०८१ बैशाख १२ बुधबार

नेकपा प्रदेश ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत

kharibot

पोखरा । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नं ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । 

पार्टी एकीकरणपछि दुवै दलका तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको आज बसेको पहिलो संसदीय दलको बैठकले गुरुङलाई दलको नेतामा निर्वाचित गरेको प्रदेशसभा सदस्य मायानाथ अधिकारीले जानकारी दिए । 

बैठकमा प्रदेशसभा सदस्य एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले गुरुङलाई संसदीय दलको नेता चयन गर्न राख्नु भएको प्रस्तावलाई सर्वसम्मत अनुमोदन गरिएको थियो । 

बैठकले पार्टीको संसदीय दलको विधान निर्माण गर्न प्रदेश सदस्य मायानाथ अधिकारी, रामजीप्रसाद बराल (जीवन) र गायत्री गुरुङ रहनु भएको तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

त्यसैगरी पार्टीको पदाधिकारी टुङ्गो लगाउन संसदीय दलका नेता एवं प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङ, पार्टी केन्द्रीय सदस्यसमेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र आन्तरिक मामिला तथा कानूनमन्त्री चुमान रहेको समिति गठन गरेको छ । 

संसदीय दलको बैठक ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै