• २०८१ बैशाख ६ बिहीबार

दाङको झाडापखाला नियन्त्रण गर्न विशेष सतर्कता

kharibot

तस्बीर : रासस

तुलसीपुर, दाङ  ।पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पर्ने पातेटाकुरामा फैलिएको झाडापखाला नियन्त्रण गर्न विशेष सतर्कता अपनाइएको छ । 

स्थानीय माइली खानेपानीको मुहानको दूषित पानीका कारण झाडापखाला फैलिएको भन्दै आज बिहानैदेखि नेपाली सेनाको सहयोगमा पानीको मुहान सरसफाइ गर्नुका साथै सबै पानी निकालेर मुहान खाली गराइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । 

आइतबार अपराह्न २ बजेसम्म प्रभावित गाउँबाट थप १५० बिरामी उपचारका लागि आएपछि प्रभावित नागरिकको घरमा रहेको पानी फ्याँकेर तुलसीपुरबाट लगेको ट्यांकरको पानी घरघरमा पुर्याइएको छ । 

पातेटाकुराका ५०० बढी घरमा बाल्टिन, साबुन र पानी शुद्धीकरण गर्ने औषधि वितरण गरिएको शान्ति नगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो । “अहिले प्रभावित क्षेत्रका प्रायः सबैलाई सुरक्षित पारिएको छ”–उनले भने । 

नेपाली सेना, निजी स्वास्थ्य संस्था र सरकारी अस्पतालका चिकित्सक गए रातिदेखि नै प्रभावित क्षेत्रमा परिचालित भएसँगै झाडापखालको महामारी नियन्त्रण उन्मुख भएको हो । झाडापखालाको महामाहरीबाट ६०० बढी बिरामी परेका थिए । 

शनिबार र आइतबार तुलसीरस्थित निजी स्वास्थ्य संस्था र राप्ती अञ्चल अस्पतालमा गम्भीर अवस्थामा उपचारका लागि ल्याइएका ४६ मध्ये १४ जनाको उपचार भइरहेको छ भने अन्य उपचारपश्चात घर फर्केको राप्ती अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवकोटाले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै