• २०८१ बैशाख ११ मंगलबार

ए मेरो हजुरको तेस्रो सिरिजमा झरनाकी छोरी सुहानाले अनमोलसँग रोमान्स गर्ने  

kharibot

काठमाडौँ । सुपरस्टार अनमोल केसी ए मेरो हजुरको तेस्रो सिरिजमा अनुवन्धित भएका छन् । 

शनिवार निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले उनलाई साइन गरेका हुन् । यस फिल्मबाट झरनाकी छोरी सुहानी थापाले डेब्यू गर्दैछिन् । 

अनमोल आफ्नो छैठौं फिल्म 'क्याप्टेन' को छायांकन सकाएपछि भदौबाट ‘ए मेरो हजुर ३’ का लागि समय दिनेछन् । यो फिल्ममा अनुवन्धित अन्मोल्ले ३० लाख पारिश्रमिक लिएको रिपोर्ट आएको छ । 

यस फिल्मलाई फेरि झरनाले नै निर्देशन गर्नेछिन् । अहिले फिल्मका लागि गीतसंगीतको काम भइरहेको छ । यसअघि 'ए मेरो हजुर २' अनमोलले नै काम गर्ने कुरा थियो तर पछि विभिन्न कारणले सम्भव भएन । 

क्याप्टेन' रिलिजको ६ महिनापछि मात्र 'ए मेरो हजुर ३' प्रदर्शन गर्ने सर्तमा अनमोलले यो फिल्म  साइन गरेका हुन् । हरेक नयाँ फिल्ममा नयाँ नायिकासँग रोमान्स गर्दै आइरहेका उनको यस फिल्ममा भने झरनाकी छोरी सुहानीसँग रोमान्स गर्ने भएका छन् ।

अनमोल जोडिएका हरेक एक फिल्म दर्शकमाझ व्यग्र प्रतिक्षामा रहने गर्छ । अब ए मेरो हजुर'को तेस्रो सिरिजको पनि दर्शकमा उस्तै प्रतिक्षा रहने पक्का छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै