• २०८१ बैशाख ८ शनिबार

गोरेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

kharibot

मोरङ । साढे ३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आइतबार गोरेको बयान सकिएपछि भएको थुनछेक बहसमा अदालतले उप्रेतीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

गोरेले दिएको बयान र सुन तस्करीको अभियोगमा पक्राउ परेका अरु अभियुक्तले दिएको बयान केही फरक परेपछि उनको बयान लम्बिएको थियो । 

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्तका रुपमा प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योग, अवैध तस्करी र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै