• २०८१ बैशाख ८ शनिबार

प्रदेश २ को सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लियो 

kharibot

काठमाडौं । भर्खरै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा प्रदेश २ मा पनि सबैभन्दा ठूलो दल हो । आइतबार प्रदेश सभा बैठकमा नेकपाले यसबारे जानकारी दिएको हो । 

प्रदेश सभामा ३२ सिट रहेको नेकपाले मोदी भ्रमणका बेला विपक्षलाई बेवास्ता गरेको आरोप लगाउँदै समर्थन फिर्ताको घोषणा गरेको थियो । तत्कालीन एमालेका सत्यनारायण मण्डल र मााओवादी केन्द्रका रामचन्द्र मण्डलले समर्थन फिर्ताको जानकारी सभालाई गराएका थिए ।

भारतीय प्रधानमन्त्री मोदी आउँदा मुख्यमन्त्री लालबहादुर रावतले नेपालको संविधान विभेदकारी रहेकोले संशोधन गर्नुपर्ने बताएका थिए । सोही कारण केन्द्र संसदमा पनि कुरा उठेको थियो भने सरकारले असन्तुष्टि व्यक्त गरेको थियो । 

यसबारे सभामा मुख्यमन्त्री राउतले समय माग्दै बोल्न खोजे पनि नेकपाका सांसदहरुले उठेर विरोध गरी सभा अवरुद्ध बनाएका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै