काठमाडौं । दिलमाया पौडेल र शरण लम्सालको संयुक्त प्रस्तुति रहेको मौलिक लोक दोहोरी गीत कहाँ दुख्छ मुटु बजारमा आएको छ ।
गीतमा दिलमाया पौडेल, प्रकाश केसी र लायन नारायण सापकोटाको स्वर रहेको छ । प्रकाश केसीकै लय रहेको सो गीतमा जीबी सुनारले शब्द सिर्जना गरेका छन् ।
बाल कृष्ण खनालको निर्देशन तथा सम्पादन रहेको गीतको छायांकन मन्सु पोखरेलले गरेका छन् ।
संगम फिल्म्स एंड प्रोडक्सन हाउसले निर्माण गरेको यो गीतमा शरण लम्साल र आरति ओलीको अभिनय देख्न पाइन्छ ।