• २०८१ बैशाख ७ शुक्रबार

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित, बजेट जेठ १५ मा आउने 

kharibot

काठमाडौँ  ।  सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले पारित भएको छ ।

आजको बैठकमा सभामुख कृष्णबहादुर महाराले सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कर्यक्रममा प्रमुख प्रतिपक्षि नेपाली काँग्रेससहित ने विपक्षी दलले विरोध नगरेकाले सर्वसम्मत पारित भएको हो ।

यसअघि आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि जेठ ९, १० र ११ गते लगातार भएको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । 

सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५/७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको थिए । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले प्रस्तुत गरिएको संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नभएको उल्लेख गरिएकोमा निर्णयार्थ प्रस्तुत गर्दा असफल भएको थियो । 

संघीय समाजवादी फोरम नेपालका सुरेन्द्रकुमार यादव, रेनुका गुरुङ, प्रदीप यादव र राम सहायप्रसाद यादवले संशोधन प्रस्ताव दर्ता गरेका थिए । 

त्यस्तै राष्ट्रिय जनता पार्टी  नेपालका सांसदद्वय अनिलकुमार झा र लक्ष्मणलाल कर्णले शहीदका परिवारको भरणपोषणको व्यवस्था गर्नु सरकारको दायित्व रहने भन्ने शब्द समावेश गर्न लगायतका विषयमा संशोधन प्रस्तुत गरेकोमा निर्णयार्थ प्रस्तुत गर्दा असफल भएको थियो । 

यसअघि राष्टपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गरी सम्बोधन गरेकी थिइन ।

आजको बैठकमा सभामुख महराले आगामी जेठ १५ गते अपराह्न ४ बजे अर्थमन्त्रीले आर्थिक बर्ष २०७५ -७६ को बजेट दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने जानकारी गराएका थिए ।

संसदको अर्को बैठक आगामी जेठ १५ गते साँझ ६:३० बजे बस्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै