• २०८१ बैशाख ८ शनिबार

अहिलेको सरकार एउटा खेलाडी होइन गेम चेन्जर हो – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार यूअता खेलाडी नभएर गेम चेन्जर भएको बताएका छन् । 

संसदमा सरकारको नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ दिदै सरकारले प्रधानमन्त्री ओलीले हामी बाटोमा हिडिरहेको नभएर बाटोलाई नयाँ दिशामा लैजाने बताएका छन् । समाजलाई नयाँ दिशामा लैजाने भन्दै प्रधानमन्त्री ओलीले सबै समाज, भाषी र जातिको पक्षमा सरकारले कम गर्ने बताए ।

लोकतन्त्रमा सरकार सशक होइन सेवक हो भन्दै जनताको पीरमर्का हटाउन ध्यान दिने, जनताका कठिनाइ हटाउने सरकारका काम हुन् भन्दै प्रधानमन्त्री ओलीले जनताको अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

प्रधानमन्त्री ओलीले सुनकाण्डको छानबिन भएर अपराधीहरु जेलमा पुगेको भन्दै यो सुनकाण्ड मात्र नभएर भ्रष्ट्राचार विरोधी अभियान भएको बताए । सरकार भ्रष्ट्राचार निर्मुल गर्न प्रतिबद्ध रहेको भन्दै जनताको करबाट सुबिधा र पारिश्रमिक लिएकोले निष्ठापुर्वक काम गरिने बताए ।

जनता ले आफ्नो सम्पत्ति धितो राखेर विदेश जनाए र उनीहरुलाई ठगेर पैसा कमाउने गरिएको भन्दै अब यस्तो नहुने बताए ।

धनी र गरिबको असमानता घटाउन पहल गरिने भन्दै सिमित बर्गले धेरै कमाएको आधारमा देशको यति वृद्धि भयो भन्नु उपयुक्त नहुने प्रधानमन्त्रीले बताए । कम आय भएका आमा जनताको जीवन स्तर नउठेसम्म समृद्धि नाउने भन्दै अब कोहि पनि नेपाली भोकै बस्न नपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै