• २०८१ बैशाख ७ शुक्रबार

अभिनेता इरफान खान ठिक भए, छिट्टै फिल्ममा फर्किने 

kharibot

मुम्बई । लागेको दुर्लभ रोग ‘न्युरो एन्ड्रोक्राइन ट्युमर’ लागेका बलिवुड अभिनेता इरफान खान अब ठिक भएर बलिवुडमा फर्किने भएका छन् ।

इरफान छिट्टै सुजित सरकारको फिल्मबय कमब्याक गर्न लागेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

निर्देशक सरकारले इरफान ठिक भएको पुष्टि गर्दै छिट्टै फिल्ममा फर्किन लागेको जानकारी दिएका हुन् । यस अघि इरफानले सरकारकै पिकु फिल्ममा काम गरिसकेका छन् । यो फिल्म एक बायोपिक फिल्म हुने सरकारले जानकारी दिएका छन् ।

केहि महिना अघि अभिनेता खानले आफुलाई लागेको रोगको बारेमा जानकारी दिएका थिए । उनले लेखेका थिए, यो समय निकै मुस्किल समय हो । मेरा नजिकका हरुको माया र स्नेहले गर्दा नै मैले यो रोगसँग लड्ने हिम्मत गरेको छ । यस रोगको उपचारका लागि आफु विदेश जाने जानकारी दिदै अभिनेता खानले आफ्नो लागि भगवानसँग प्राथना गर्न आग्रह गरेका थिए ।

एक रिपोर्टका अनुसार यस्तो रोग करिब १० लाखमा एक जनालाई हुने बताइएको थियो ।

५१ बर्षिय अभिनेता खानले बलिवुडमा एक सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले बलिवुडका अलावा हलिवुडमा पनि काम गरेका छन् । लाइफ अफ पाई, स्लमडग मिलिनियर, द अमेजिंग स्पाइडर म्यानजस्ता सुपर हित फिल्ममा काम गरेका छन् ।

बलिवुडमा २०१३ मा उनले अभिनय गरेको फिल्म पान सिंह तोमारका लागि भारतीय राष्ट्रिय पुरस्कार समेत पाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै