• २०८१ बैशाख ७ शुक्रबार

पानी जहाज निदाएको बेलामा देखेको सपना होइन : प्रधानमन्त्री ओली

kharibot

काठमाडौँ । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिदै अब  छन् । 

अन्यायक ओअवस्थबाट बन्चित नहोस्, अवसर पाइन् भनें अवस्था नहोस् भनेर यो नीति तथा कार्यक्रम ल्याएको बताए । प्रधानमन्त्री ओलीले यो नीति तथा कार्यक्रम कर्मकाण्डी तरिकाले नल्याएको बताए । यस नीति तथा कार्यक्रमले रुपान्तरणको आकांक्षा बोकेको, परिवर्तनको आकांक्षा बोकेको बताउदै सांसदहरुले आकांक्षि भएंको ठिकै टिप्पणी गरेको बताए ।

सरकारले सम्भव बनाउनै पर्ने आकांक्षा बोकेको बाताउदै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा बोकेको बताए । एउटा क्षेत्र विशेषको नभएर यो राष्ट्रको आकांक्षा बोकेको नीति तथा कार्यक्रम भएको बताए ।

प्रधानमन्त्री ओलीले यस नीति तथा कार्यक्रमले हामीले राखेको उद्धेश्य कासरी पुरा गर्ने भन्ने कुरा पनि स्पष्ट रुपमा राखेको बताउदै देशको सम्मान, देशको हित र पूर्वाधार विकास गर्दै जनतामा समृद्धि ल्याउने स्पष्ट खाका प्रस्तुत गरेको दाबि गरे ।

विकासको बाटो बाट समृद्धि हासिल गर्ने, सुशासनबाट, नयायोचित बाटोबाट सुखी नेपालि बनाउने नीति तथा कार्यक्रम रहेको बताए । देशका सबै क्षेत्रमा सामाजिक, आर्थिक, राजनीतिक अनुकुल नीति चाहिने भन्दै त्यसलाई लक्ष्य र कार्यक्रममा बदलेर कार्यान्वयन गर्न यस नीति तथा कार्यक्रमले अंगालेको उल्लेख गरे ।

लोकतान्त्रिक मुल्य र मान्यता, प्रतिपक्षक ओअधिकार र सम्मान, स्वतन्त्र न्यायलय आदिमा स्पष्ट साथ भनेको भन्दै प्रधानमन्त्री ओलीले सैदान्तिक रुपमा मात्र नभएर त्यो अधिकारसम्म पुग्ने पहुँच र बाटो यस नीति तथा कार्यक्रमले बाटो देखाएको उल्लेख गरेका छन् ।

यस नीति तथा कार्यक्रमले उत्पादन र रोजगार, राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने, निर्यात बढाउने उद्योगमा जोड दिने, आयात मुखी अर्थतन्त्रलाई उत्पादन मुखी अर्थतन्त्र बनाउन अगाडी बढ्ने गरि आएको प्रधानमन्त्री ओलीले बताए ।

नेपाललाई आवश्यक पर्ने सडकहरु आवश्यक पर्ने ढांचामा निर्माण गर्ने योजना बनाएको भन्दै पानीजहाजको कुरा गर्दा बाल्टिमा पानी राखेर कागजको डुंगा चलाएर व्यंग गरेको भन्दै प्रधानमन्त्री ओलीले नयाँ कुरा बुझ्न समय लाग्ने बताए ।

हेर्दा हेर्दै कोशी, गण्डकी र कर्णालीबाट समुन्द्रमा जाने भन्दै प्रधानमन्त्री ओलीले पानीजहाज चलाएर छोड्ने दाबि गरे । हाम्रो बन्दरगाह, हाम्रो रेल, हाम्रो पानीजहाज चलाउन नपाइने हो र ? भन्दै स्विजरल्याण्ड भूपरिवेष्टित भएर पनि पानी जहाज चलाएको उदाहरण दिदै हामीकँहा पानी जहाजको कुरा गर्दा मजाकको विषय बनाइएको बताए ।

पुर्व-पश्चिम र उत्तर-दक्षिण रेल कुदेर छोड्ने भन्दै ५ बर्ष भित्र काठमाडौँ-रक्सौल, काठमाडौँ-केरुंग-लुम्बिनी रेलको अनुसन्धान हुदै गरेको भन्दै काठमाडौँमा तीन बर्ष भित्र मेट्रो रेल चढ्ने दाबि गरे । यी कुराहरु योजना हिन ढंगले नभनिएको भन्दै निदाएको बेलामा पानी जहाजको सपना नदेखेको भन्दै पानी जहाज चलाएर छोड्ने बताए ।

देशको भौगोलिक अवस्थालाई हेरेर विमान चलाउने भन्दै हेलिप्याडको विस्तार गर्ने जानकारी दिए । पोखरा, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको काम जारी रहेको भन्दै एयर स्पेसको समस्या मिलन बाँकी रहेको भन्दै यो छिट्टै मिल्ने बताए । त्यसैगरी प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति हुने बताए ।

सरकार इ- गभर्नेन्समा जाने कुरा अबका काम हुने बताउदै संचार क्षेत्रलाई समय अनुसार हुने भन्दै अब मन्त्रिपरिषदको बैठक कागजका चाङ राखेर होइन ल्यापटप अगाडी राखेर गरिन्छ भन्दै यसको सुरुवात यहीबाट हुने बताए ।

तराईमा स-साना कुरालाई आफ्नो हिसाबले उठाउदै सम्बेदनशील विषय बनाइएको भन्दै नागरिकताको विषय नेपाली नागरिकको जन्मसिद्ध अधिकार भएको भन्दै यसको समाधान गरिने बताए ।

संबिधान संशोधन गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले संबिधान असंशोधनीय नहुने र यो आवश्यकता, औचित्यका आधारमा संशोधन गरिने बताए । उनले देशलाई विकास गर्न, समृद्धितर्फ लैजान संबिधान संशोधन गर्न सकिने भन्दै यस्तो विषयलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै चर्चाको विषय बनाउन नहुने बताए ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले समान अधिकार, समान अवसर, सुरक्षाको प्रत्याभुती दिने विषयमा प्रष्ट रहेको भन्दै सरकार यी काम गर्न प्रतिबद्ध रहेको बताए । सामाजिक न्याय र समानता नीति तथा कार्यक्रमको आधारभूत मान्याता रहेको भन्दै प्रधानमन्त्री ओलीले संबिधान अनुसार आवश्यक कानुन बनाउने विषय अगाडी बढ्ने बताए ।

छिमेक सम्बन्धमा असाधारण सुधार आएको भन्दै प्रधानमन्त्री ओलीले विराटनगरमा अस्थायी भारतीय कार्यालय हटाइएको बताउदै डुबान भएका क्षेत्रको दुई देशको संयुक्त टोलीजाने बताए । अब भारतले बाध बाधेर डुबान गर्न नपाउने बताउदै प्रधानमन्त्री ओलीले पुराना सम्झौता भएका तर काम नभएका कम अब हुने लक्षण देखिएको बतायाए ।

यसअघि नाम लिन पनि अपराध जस्तो सोचिने गरिएको १९५० को सन्धि पुनरावलोकन गर्ने विषय अब अन्तिम तिर पुगेको जानकारी प्रधानमन्त्री ओलीले दिए ।
  

  
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै